Skip to main content

भोलिबाट उपत्येकामा निषेधाज्ञा कडाई : खाद्यान्न किन्नु परे यी नम्बरमा सम्पर्क गर्नुहोस

काठमाण्डौैं उपत्यकामा शुक्रबारबाट निषेधाज्ञा थप कडाई गरिने भएको छ ।
काठमाण्डौ उपत्यका जिल्ला प्रशासन कार्यलयद्वारा थप गरिएको एक हप्ताको निषेधाज्ञामा खद्यान्न पसल समेत खोल्न नदिने निर्णय गरिएको छ । खाद्यान्न पसलमा भिड बढेको भन्दै उक्त निर्णय गरिएको हो । माछमासु, दुध, तरकारी लगायतका लागि भने बिहान ९ बजे सम्मको लागि पसल खोल्न दिइने छ ।
काठमाडौं जिल्ला प्रशासनले, यो अवधिमा खद्यान्न किन्न परे केही नम्बरहरू उपलब्ध गराएको छ ।कतै खाद्यान्नको अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत् खरिद बिक्रीको गराउने प्रशासनले जनाएको छ।

नेपाल खाद्य व्यवस्थ तथा व्यापार कम्पनी लिमिटेड
प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द : ९८५१३२०३१४
विभागीय प्रमुख भिमबहादुर थापा : ९८५११३६७८५
प्रादेशिक प्रमुख, थापाथली ज्ञानु थापा : ९८५११२७८८

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड
प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ : ९८५१०२२५६४
नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी : ९८५१०३३३०३
विभागीय प्रमुख सबल रिजाल : ९८५१११३६६०

No Comments yet!

Your Email address will not be published.