१३ जेठ काठमाडौं , नेपालमा कोरोनाभाइरसका छ हजार ७३१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ४१४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ६२६ जना होम आइसोलेसनमा, ७ हजार ८५० संस्थागत आइसोलेन, आईसीयूमा १ हजार ६४५ र ४५७ जना भेन्टिलेटरमा रहेका छन् ।
लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेकाे छ । बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । यही अवधिमा बिहीवार थप ७ हजार २२६ जना निको भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८२९ जना निको भएका छन् । नेपालमा निको हुने दर ७७.२ प्रतिशत रहेको छ ।
Recent Posts
- २२ फाल्गुन २०७९, सोमबार
सुरक्षित होली खेलौ: रमाइलो र हानिरहित उत्सवको लागि सुझावहरू
नेपालको तराइ भेगमा होलिको बेला गाइने जोगिरा हराउदै
- २२ कार्तिक २०७९, मंगलवार
आज साँझ खग्रास चन्द्रग्रहण : नेपालबाट एक घण्टा २३ मिनेटसम्म देखिने
कलाकारहरुको प्रतिबद्धता हामी जिम्मेवार मतदाता
- २४ पुष २०७८, शनिबार
झापाकी समिक्षाको बिमान परिचारिका बन्ने चाहना
No Comments yet!