Skip to main content

‘यास’ चक्रवातको असर नेपालमा, सतर्क रहन आग्रह

जेठ १४,काठमाडौँ बङालको खाडीमा विकास भएको ‘यास’ चक्रवात नेपालमा पनि उच्च हावाहुरी र भारी बर्षाको सम्भावना रहेको हुनाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
चक्रवात भारतको पूर्वी क्षेत्र उडिसा र पश्चिम बङ्गालमा अवतरण भएसँगै पश्चिम–उत्तरबाट पश्चिम सर्ने क्रममा कमजोर हुँदै न्यून चापीय क्षेत्रका रूपमा विकास भएकाले यसको सघन प्रभाव नेपालमा पर्ने भएको हो ।
चक्रवातबाट विकास भएको गहन न्यून चापीय रेखा नेपालको पूर्वी भूभाग हुँदै भित्रिएकोले बिहीबारदेखि नै विभिन्न क्षेत्रमा उच्च हुरीबताससँगै वर्षा गराएको छ । यो क्रम आगामी शनिबार दिउँसोसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
चक्रवात विकास हुने क्रममा जलवाष्प बादलमा परिणत भएर उच्च न्यून चापीय क्षेत्र बनेको हो । जमिनमा चक्रवात कमजोर हुँदै जाँदा यस्तो न्यून चापीय क्षेत्र अति गहनबाट मध्यम र सामान्य अवस्थामा परिवर्तन भई विलिन हुन्छ । अहिले उच्च न्यून चापीय क्षेत्र नेपालतर्फ सोझिएकाले नेपालमा त्यसको असर बढी पर्ने भएको हो,” मौसम पूर्वानुमान महाशाखाको भनाइ छ “यो न्यून चापीय क्षेत्र नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएकाले पूर्वी र मध्य क्षेत्रका साथै तराईका भूभागमा भारी वर्षा हुने सम्भावना छ ।

No Comments yet!

Your Email address will not be published.