Skip to main content

प्रधानमन्त्रीले आज ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने हुनु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वालुवाटारबाट दिउँसो ४ बजे सम्बोधन गर्न लाग्नु भएको जानकारी गराउनु भयो ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्ने हुन्छ। तर गत जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्‍याउने तयारी भइरहेको छ।

No Comments yet!

Your Email address will not be published.