Skip to main content

आईतवार पहिलो दिनमै शेयर बजारमा नयाँ रेकर्ड

सरकारले आगामी अर्थिक बर्ष २०७८/७९को बजेट प्रस्तुत गरेकै भोलिपल्ट आईतबार शेयर बजारमा राम्रो करोबार भएको छ । सेयर बजारले छाटो समयका लागि सेयर कारोबार गर्नेलाई पुँजीगत लाभकर वृद्धि गरेको छ । यसले बजारमा नकरात्मक प्रभाव पर्नसक्ने आकलन थियो ।


आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेर २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेको छ ।
अझ सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस अघि पौने १५ अर्बको कारोबार भएर रेकर्ड राखेकोमा आइतबार त्यो रेकर्ड ताड्दै कारोबार रकम १७ अर्ब नाघेको छ ।


यस अघि गत साताको अन्तिम कारोबार दिन १४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भइ कारोबार रकममा रेकर्ड बनाएको थियो।

No Comments yet!

Your Email address will not be published.