
काठमाडौं, बिगत केही समय देखी केही ब्यक्ती समुहहरुले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाई फेस्बुक म्यासेन्जर , व्हाट्सएप, भाईबर, इमो आदीमा भिडियोकल गरी अपरिचित ब्यक्ती आफैले अस्लील कृयाकलाप देखाई सम्बन्धित ब्यक्तिलाई उक्साई अनैतिक कुराकानी तथा अस्लिल कृयाकलापमा संलग्न हुने वातावरण बनाई, अनैतिक अस्लिल कृयाकलापमा सङ्लग्न गराएपस्चात उक्त भिडियो कलको रेकर्ड गरी तत् पस्चात साइबर अपराधमा फसाइदिन्छु , सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु भन्ने किसिमका धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरु बढ्दै गएको हुँदा सम्पूर्ण सामाजिक सन्जाल प्रयोगकर्ताहरुलाई यस्तो कृयाकलाप प्रति सजग रहन तथा अपराधिक ब्यक्ति तथा समुहको शिकारबाट जोगिन, प्रलोभन्मा परी कोही कसैसंग पनि यस्तो प्रकारले भिडियोकल, भ्वाइसकल नगरनुहुन प्रभाक्ता एवम सुचना अधिकारी प्रहरी वरिस्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी गराउनु भएको छ ।

No Comments yet!