काठमाडौं, लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनु भएको छ।
माओवादी केन्द्र, जसपाको उपेन्द्र–बाबुराम पक्ष, एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाको समेत समर्थन रहेका पाण्डेयले एमाले उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्नु भएको हो ।
पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाउनु भएको हो । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाउनु भएको छ । प्रदेशसभातर्फ एक र स्थानीय तहतर्फ दुई मत बदर भएका थिए ।
पाण्डेय केही समयअघि प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गर्नु भएको थियो । खड्कालाई भने जसपाको महन्थ ठाकुर समूहको मात्र साथ थियो ।
No Comments yet!