काठमाडौ- सरकारले काठमाडौ उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी गरेको छ । अहिलेको तुलनामा केही खुकुलो गर्दै निषेधाज्ञा थप गर्ने तयारी भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा थप गर्न उपत्यकाका तीन जिल्ला प्रमुखको बैठक बसेर निर्णय गर्ने बताए ।
‘कोरोना संक्रमण कम हुँदै गएको छ तर एकैपटक खोल्ने अवस्था छैन,’पराजुलिले भने, ‘एक साता निषेधाज्ञा थप गर्न सकिन्छ ।’ खाद्य पसलहरुलाई भने खुकुलो बनाइने उनले बताए ।
No Comments yet!