Skip to main content

राष्ट्रपति चुरे संरक्षण समितिले भन्यो ढुङ्गा, गिट्टी, बालुवा चुरेबाट निकालिने होइन

काठमाडौं, सरकारले ल्याएको बजेट वक्तव्यमा उल्लेख भएको खानीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गरी निर्यात गर्ने विषयमा चौतर्फी टिकाटिप्पणी र आलोचना भएपछि राष्ट्रपति तराई चुरे विकास संरक्षण समितिले यो विषयलाई अनावश्यक तरिकाले विवादमा ल्याउने खोजेको बताएको छ ।आगामी आर्थिक वर्षका लागि बजेट वक्तव्यमा समेटिएको गिट्टी, ढुङ्गा, बालुवाको उत्खनन् र निर्यातको सन्दर्भ चुरे क्षेत्रसँग नजोडिएको,समितिले आईतवार प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।


अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले पनि प्रेस विज्ञप्तिहरु प्रकाशित गरेर चुरे, भावर, सिवालिक र नदी प्रणालीका क्षेत्रमा कुनै खानी उत्खनन् नगर्ने नीतिगत दृष्टिकोण प्रस्तुत समेत गरिसकेको भन्दै समितिले समिति पनि चुरे, भावर, तराई-मधेशको संरक्षणप्रति संवेदनशील रहेको बताएको छ ।
बजेट वक्तब्यको वाणिज्य मन्त्रालयको शिर्षक अन्तर्गत बुँदा नम्वर १९९ मा उल्लेख भएको वातावरणीय प्रभाव मूल्याङ्कन गरी खानीजन्य ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन् र निकासी सम्बन्धी कुराले चुरे क्षेत्रलाई नछुने र चुरे क्षेत्रभन्दा माथिल्लो महाभारत श्रृङ्खलामा भएको खानीजन्य पदार्थको उत्खनन् र निकासी गरिने कार्यक्रम भएको पनि समितिले स्पष्ट पारेको छ ।


समितिले आइतवार विज्ञप्ति जारी गर्दै गिट्टी, ढुङ्गा, बालुवाको उत्खनन् र निर्यातको विषय वन तथा वातावरण मन्त्रालयको नभएको चुरेमा खानी सञ्चालन गर्ने भन्ने विषय झुटो भएको स्पष्ट पारेको छ ।

चुरेको प्रेस विज्ञप्ति – २०७८-२-२३
चुरेको प्रेस विज्ञप्ति – २०७८-२-२३

No Comments yet!

Your Email address will not be published.