Skip to main content

गुँड बनाउन ब्यस्त तोप चरा (फोटोफिचर)

ललितपुरको धापाखेल क्षेत्रको एक बाँस घारीमा गुँड बनाउन ब्यस्त रहेका तोप चारा । अहिलेको समयमा काठमाडौं आस्पासका विभिन्न क्षेत्रको बास घारीहरुमा तोप चारा आफ्नो आकर्सण गुँड बनाउदै गरेको पाईन्छ । स्यनो तर मेहन्ती चरा जस्ले आँफैले बुनेर आकर्सक गुँड बनाउने गर्द छ । गुँड बनाउने आकर्षक कलाले गर्दा तोप चरालाई इन्जिनियर चरा पनि भनिन्छ।

रुखमा झुन्डिएर हावाका झोक्कासँगै हल्लिरहेका यी गुँड तोप चराका भालेले बनाएका हुन्। उनीहरुले पोथीलाई लोभ्याउन घाँसपात जम्मा गरेर सकेजति राम्रा गुँड बनाउँछन्।
प्रजननको समयमा तोप चरा विभिन्न ठाउँबाट काठमाडौँ आउँछन्। भालेले पोथी फकाउन निकै मेहनतले गुँड बनाउँछन्। पोथी आफूलाई मन परेको गुँड छानेर बस्छन्। त्यही गुँडमा फूल पार्छन्।

पोथीले गुँड मन नपराए तोप चराका भालेले पुन: नयाँ गुँड बनाउँछ। फेरि पोथी फकाउने प्रयास गर्छ। आफ्नो प्रजनन अवधि सकिएपछि यिनीहरु काठमाडौँबाट फर्कन्छन्।

No Comments yet!

Your Email address will not be published.