
साताको पहिलो दिन आइतबार सेयर बजारमा ठूलो अंकको गिरावट आएको छ । ३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९ सय ५ मा राेकिएकाे छ । नेप्से परिसूचक ६३ दशमलव २८ अंकले घटेर २ हजार ९ सय ०५ दशमलव ३२ अंकमा झरेकाे छ । यस दिन ११ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमयुक्त भनी व्याख्या गर्दै लगानी गर्नुपूर्व संयमता अपनाउन आग्रह गरेयता बजार निरन्तर ओरालो लागेको छ। बोर्डले मंगलबार विज्ञप्ती जारी गरेर संयमता अपनाउन आग्रह गरेको थियो।
No Comments yet!