
साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचकले ओरालो लाग्ने क्रमलाई निरन्तरता दिएको छ।गत जेठ ३१ गते हालसम्मकै उच्च विन्दु कायम गरेको नेप्से परिसूचक असार १ गतेदेखि भने निरन्तर घट्दै आएको छ ।
असार १ गते शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सूचीकृत ५१ ओटा कम्पनीहरुको शेयरमा गरेको लगानी जोखिमयुक्त रहेको धारणा सार्वजनिक गरेसँगै बजारमा नकारात्मक प्रभाव परेको हो ।
आज धेरै गुमाउनेमा फाइनान्स कम्पनी र दोस्रोमा जलविद्युत् कम्पनीहरु देखिएका छन् सोमवारको कारोबारमा पनि सबै समूहगत परिसूचकहरु घटेका छन् । बैंकिङ्गको १ दशमलव ७७ प्रतिशत, व्यापारिकको शून्य दशमलव ७७ प्रतिशत, होटल्स तथा पर्यटनको ४ दशमलव ५१ प्रतिशत, विकास बैंकको ४ दशमलव ६ प्रतिशत, जलविद्युतको ५ दशमलव २ प्रतिशत, वित्तको ५ दशमलव १८ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ८९ प्रतिशतले घटेको छ । विकास बैंक समूह ४ दशमलव ६ प्रतिशतले गिरावट आउँदा सबैभन्दा धेरै कमाउनेमा नारायणी डेभलपमेन्ट बैंक देखिएको छ ।
No Comments yet!