Skip to main content

ओली नेपाल वार्ता सकियो, दुबै नेता खुशी साथ निस्किए

काठमाडौँ , नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा सहमतिका लागि भएको वार्ता सकिएको छ । वार्ता सकिएपछि दुबै नेता खुशी साथ निस्कनुभएको छ । झण्डै दुइ घण्टासम्म भएको वार्ताको निष्कर्षसहित भोलि दुबै नेताको संयुक्त विज्ञप्ति आउने भएको छ ।

वार्तामा केही समयमा दोस्रो तहका नेताहरूले ब्रफिङ गर्नुभएको थियो भने पछि दुबै नेताले वान टु वान वार्ता गर्नुभएको सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँले दुबै नेताको बीचमा सकारात्मक कुराकानी भएको र भोलि सबै विषय टुंगिने बताउनुभयो ।

भोलि दिउँसो कार्यदलको बैठकपछि पुनः दुइ नेताको छलफल हुने संयुक्त विज्ञप्ति आउने स्रोतले जनाएको छ । वार्तामा महासचिव ईश्वर पोखरेलसहित दोस्रो तहका नेताहरू सुवास नेम्वाङ, डा भीमबहादुर रावल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे पनि सहभागी हुनुभएको थियो ।

No Comments yet!

Your Email address will not be published.