पर्यटन व्यवसायीहरुले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट पर्यटन व्यवसायीहरुले अपेक्षित लाभ लिन नसकेकोले अहिले सबै खालका व्यवसायीहरुले राहत तथा सहुलियत पाउने खालको मौद्रिक नीति ल्याउन राष्ट्रबंैक समक्ष आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्डले नयाँ आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रको सुझाव विषयक भच्युर्अल अन्तरक्रियामा उनीहरूले अन्य क्षेत्र चलायमान हुन समेत पर्यटन क्षेत्र चलायमान हुनु पर्ने भएकोले मौद्रिक नीतिमा पर्यटनले प्राथमिकता पाउनु पर्ने धारणा राखे ।
कार्यक्रममा व्यवसायीका सुझाव तथा मौद्रिक नीतिका बारेमा धारणा राख्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले विगतको मौद्रिक नीतिले धेरै व्यवसायीलाई सहयोग पुगेपनि रकमको सिमितताको कारण र कतिपय कार्यविधिगत जटिलताको कारण सबैले त्यसबाट राहल लिन नसकको बताए र उनले कोभिडबाट सबैभन्दा बढि प्रभावित क्षेत्र पर्यटन भएको र यसलाई उच्च प्राथमिकतामा राखिएकोले नयाँ मौद्रिक नीतिले व्यवसायीहरुका माग सम्बोधन गर्ने धारणा राखे । यद्यपी बैंक तथा वित्तीय संस्थाहरुका पनि आआफ्नै सिमितता र कार्यविधि हुने हुनाले त्यसलाई पालना गरेर मात्र ऋण दिन सकिने बताए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीले अन्य क्षेत्र चलयमान हुन पनि यो क्षेत्र चलायमान हुन आवश्यक रहेकोले सबै व्यवसायीहले राहत र सहुलियत पाउने गरी मौद्रिक नीति आउनु पर्ने बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले मौद्रिक नीतिमा पर्यटन व्यवसायलाई उच्च प्राथमिकतामा राखिएन भने यो क्षेत्रबाट धेरै व्यवसायी र मजदूरहर पलायन हुन सक्ने बताए । उनले अप्ठ्यारो परेको बेला नै सहयोग भएन भने अरु समयको सहयोगले अर्थ नराख्ने भन्दै अप्ठ्यारोमा परेको व्यवसायी र मजदुरलाई बचाउने जिम्मा पनि सरकार र राष्ट्र बैकको भएको धारणा राखे ।
यस्तै बोर्डका सदस्य कृष्ण शाहले पर्यटन प्रर्वद्धन,ऋण र व्याजमा सहुलियत हुने गरी मौद्रिक नीति आउनु पर्ने बताए । उहँले भारतीय पर्यटक आगमन बढाउन नेपालमा भारतीय पाँच सय, हजार र दुई हजारको मुद्रा चलाउने विषयमा पहल गर्न सुझाव दिए । यस्तै अर्का बोर्ड सदस्य पम्फा पौडेल धमलाले विगतको म्रौदिक नीतिबाट साना तथा मझौला व्यवसायीले लाभ लिन नसकेकोले अहिलेको मौद्रिक नीतिले त्यस्ता व्यवसायीका माग सम्बोधन गर्ने अपेक्षा गरेको बताइन ।
बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले व्यवसायी कोभिडले पर्यटन क्षेत्र सबैभन्दा बढि प्रभावित भएपनि यो क्षेत्रले पर्याप्त राहत तथा सुविधा पाउन नसकको धारणा राख्दै व्यवसायीको जाजय मागलाई सम्बोधन गर्न आवश्यक भएको बताए । उनले पर्यटनलाई चलायमान बनाउन सके अन्य क्षेत्र समेत चलायमा हुने भन्दै यो क्षेत्रलाई बचाउनु अहिलेको प्राथमिकता हुनु पर्ने धारणा राखे । बोर्डका निर्देशक सन्तोष पन्तले सबै व्यवसायीहरुका मागहरुलाई समेटेर बोर्डले मन्त्रालयमा पेश गरिसकेको जानकारी दिँदै सहुलियतपूर्ण कर्जा,पुनर्कर्जा तथा व्याज सहुलियतका विषय सम्बोधन हुन सके यो क्षेत्रले गति लिने बताए ।
बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले सहजिकरण गरेको अन्तरक्रियामा पर्यटन बोर्डका पूर्व सदस्य सुमन पाण्डे, नाटाका अध्यक्ष अच्युत गुरागाईं, रेबानका अध्यक्ष अरनीको राजभण्डारी, होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशलाल चुके, पर्यटन परिषद पोखराका अध्यक्ष गोपी भट्टराई, नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरि शर्माले साना तथा मझौला व्यवसायीलाई उनीहरुको व्यवसायको आधारमा विना धितो कर्जा, प्रमाणपत्रका आधारमा श्रमिकले समेत कर्जा पाउने पर्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई आग्रह गरे । पर्यटनसँग सम्बद्ध विभिन्न छाता संस्थाहरुका अध्यक्ष तथा पर्यटन क्षेत्रका विज्ञहरूले पनि सुझाव दिएका थिए ।
Recent Posts
- २२ फाल्गुन २०७९, सोमबार
सुरक्षित होली खेलौ: रमाइलो र हानिरहित उत्सवको लागि सुझावहरू
नेपालको तराइ भेगमा होलिको बेला गाइने जोगिरा हराउदै
- २२ कार्तिक २०७९, मंगलवार
आज साँझ खग्रास चन्द्रग्रहण : नेपालबाट एक घण्टा २३ मिनेटसम्म देखिने
कलाकारहरुको प्रतिबद्धता हामी जिम्मेवार मतदाता
- २४ पुष २०७८, शनिबार
झापाकी समिक्षाको बिमान परिचारिका बन्ने चाहना
No Comments yet!