काठमाडौं कात्ति २१ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वस्थ ढङ्ले ‘नो नट अगेन’ भन्न पाइने र राम्रा उम्मेदवार देखे ‘यस वान्स अगेन’ पनि भन्न पाइने बाताउनु भएको छ ।
निर्वाचन आयोगले काठमाडौंमा सोमवार अयोजना गरेको कलाकारहरुसँगको अन्तक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो । वरिष्ठ कलाकारहरुको समुपस्थिति रहेको सो कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले कलाकारहरुलाई निर्वाचनमा सहयोग गर्न र निर्वाचनप्रति जिम्मेवार भइदिन आग्रह गर्नुभएको थियो ।
“कलाकारहरु राष्ट्रका गहना हुन, कलाकारप्रति सर्वसाधारणको बिशेष लगाव हुन्छ, त्यसैले कलाकारको सानो योगदानले पनि निर्वाचनको प्रचार प्रसारमा ठूलो सहयोग पुग्छ”, प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो
उहाँले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमहरुबाट निर्वाचनको प्रचार प्रसारमा आयोग तथा राष्ट्रलाई सहयोग गर्न समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा कालाकारहरुसँग निर्वाचन सम्बन्धी अन्तक्रिया सहित मतादान शिक्षा, मतदान गर्ने तरिका र आचार संहिता सम्बन्धी जानकारी आयुक्त थपलियाले दिनुभएको थियो ।
कार्यक्र्रममा कालाकारहरुको जिज्ञासा तथा सुझावहरु लिइएको थियो । कार्यक्रममा कालाकारहरुले निर्वाचन आयोग प्रचार प्रसारमा सुस्त देखिएको र निर्वाचन नजिकी सक्दा पनि मतदाताहरुलाई साक्षतकार गर्न नसकेको बताउनु भएको थियो । आयुक्त थपलियाले ढिलोनगरी मतदाताहरुसँग साक्षात्कार गर्न आयोग लागी पर्ने प्रतिबद्धता प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा कलाकारहरुले आफु जिम्मेवार मतादाता भइ सर्वसाधाराणहरुलाई पनि आफ्नो तर्फबाट मतादा गर्न आग्रह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
तस्विरहरु
No Comments yet!