Skip to main content

पूर्णरुपमा क्लिनफिड लागू नगरे कारवाही गर्ने केबल अपरेटर र आईएसपिलाई विज्ञापन बोर्डको चेतावनी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको विज्ञापन बोर्डले नेपालमा क्लिनफिड लागू भएको ६ महिना वितिसक्दा पनि अझै पूर्णरुपमा क्लीनफिड लागू गर्न अटेर गरिरहेको भन्दै कारवाहीको चेतावनी दिएको छ ।
 
खासगरी नेपालका कतिपय केवल अपरेटर लगाएत इन्टरनेट सेवाप्रदायक कम्पनी आईएसपीले क्लिनफिड नीति विपरितका कन्टेटन्ट दिइरहेको भन्दै तत्काल त्यस्तो क्रियाकलाप बन्द गर्न भनेको हो ।
 
बोर्डका अनुसार क्लीनफिड लागू गर्न अटेर गरेको र क्लीनफिड नीति विपरितका सेवाहरु दिएकोले त्यस्ता कम्पनीहरु तथा सेवा प्रदायकहरुको बारेमा उजुरी आएको भन्दै तत्कालस क्लिनफिड लागू गर्न निर्देशन दिएको छ ।
 
अहिलेपनि टीभि च्यानल लगाएतमा विदेशी डविङ विज्ञापन प्रसारण रोकिएका छैनन ।
 
जबकी क्लीन फिड नीतिले आफ्नै देशका कलाकारले गरेको विज्ञापन र डविङ विज्ञापन रोकिनुपर्ने व्यवस्था गरेको छ । तर, कतिपय कन्टेन्ट सेवा प्रदायकहरुले यस्ता क्रियाकलाप रोकेका छैनन् ।
 
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको बोर्डले बुधबार एक सूचना जारी गर्दै क्लिनफिड गर्ने सम्बन्धि ऐन लागू भईसकेको सन्दर्भमा कतिपय केबल अपरेटरहरु, एमएसओ, एलसीओहरु, डिटिएच र आईपीटिभी तथा इन्टरनेट सेवा प्रदायकहरु तथा अन्य माध्यमबाट समेत त्यस्तो कार्य भईरहेको र कानून उलंघन गरेको उल्लेख गरेको छ ।
 
बोर्डले त्यस्ता प्रशारकहरुको अनुगमन गरिरहेको र त्यस्तो कानूनी व्यवस्था विरुद्ध प्रशारण कार्य नगर्न सबैलाई ध्यानाकर्षण समेत गराएको छ ।
 
टेलिभिजन सेवाप्रदायकले कानुन विपरित निर्वाध रुपमा विदेशी च्यानलमा विदेशी विज्ञापन बजाइएका कन्टेन्ट दिइरहेका छन् ।
 
केहि समय अघि केबल टेलिभिजन महासंघले कानुन विपरित, विना दर्ता आईपि टिभि सञ्चालन गरिरहेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा उजुरी समेत दिएका थिए । 
 
अहिले क्लीन फिडि लागू नभएको भनि सुचना निकालेर वोर्डले आँखामा छारो हालिरहेको ती केबल व्यवसायीको भनाई छ । बोर्डले कानून विरुद्ध प्रशारण गर्नेलाई अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ ।
 
नेपालमा गत कात्तिक महिनादेखि विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू भईसकेको छ भने सो ऐनको दफा ६ को उपदफा १ अनुसार ‘नेपाल प्रशारण हुने विदेशी च्यानलहरु विज्ञापन रहित (क्लिनफिड) प्रशारण गर्नुपर्नेछ भन्ने स्पष्ट लेखिएको छ ।’
 
 
 
 

No Comments yet!

Your Email address will not be published.