मंगलबारदेखि काठमाडौंको चन्द्रागिरी केबलकार सञ्चालनमा आएको छ । निर्माता कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडले केबलकारको दुईतर्फी टिकटका लागि ७०० रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
सोमबार चन्द्रागिरी केबलकारको टप स्टेशनस्थित भालेश्वर मन्दिरको बैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरेर केलबकार आंशिक रुपमा खुला गरिएको हो ।
कार्याक्रममा चन्द्रागिरी नगरपालिका, मकवानपुरकाे चित्लाङ र फाखेल गाविसका स्थानीयलाई आमन्त्रण गरिएको थियो । हिजो एकैदिनमा १० हजार भन्दा बढीले निशुलक ‘टेष्ट राइड’ गरेका थिए । काठमाडौंकै सबैभन्दा अग्लो स्थान चन्द्रगिरी उचाइ २५५१ मिटरको उचाइमा छ ।
धर्मिक गन्तब्य
भगवान महादेवले आफ्नी प्रिय सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरी पर्वतमा पुगेको हिमवत खण्डमा उल्लेख छ । चन्द्रागिरिको चुच्चुरोमा महादेव पुग्दा सतीदेवीको भाल अर्थात् निधार पतन भएको र शिवलिङ्ग उत्पत्ति भएको हिमवत खण्डको ९८ र ९९ औं अध्यायमा वर्णन गरिएको छ ।
No Comments yet!