Skip to main content

डिल्ली लंवा लिम्बु सहित ४३० कैदीको कैद मिनाहा

समानानीय राष्ट्रपती बिद्या भण्डारीले मन्त्रीपरिसदको २०७८/२/१३ को सिफारिसमा २०७८/२/१५ गते बाट लागु हुने गरी ४३० (चार सये तिस) कैदीहरुको भुक्तानी हुन बाँकी रहेको कैद कट्टा गरी कैद मिनाहा गर्नु भएको छ ।

गणतन्त्र दिवशको सन्दर्भमा राष्ट्रपती कार्यालयले शुक्रबार राती बिज्ञप्ती निकालेको हो । बिग्यप्तीमा भनिएको छ ’ सम्माननिय राष्ट्रपति बिधादेवी भण्डारी ज्युबाट नेपालको संबिधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यानयन) ऐन २०७४ को दफा ३७, जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को दफा १२, सर्वोच्च अदालतको संयुक्त इजलासबाट मिती २०७७/४/१९ मा भएको परमादेश (रिट न. ०७६–wo–०९३९) को आदेश, मुलुकी अपराध संहिता, २०७४ को दफा ४५ को उपदफा (४) तथा बालबालिका सम्बन्धी एन, २०७५ को दफा ३६ को उपदफा (४) को फौजदारी कसुर (कैदकट्टा) नियमावली २०७६ को नियम ३ बमोजिम नेपाल सरकार, मन्त्रीपरिसदको मिती २०७८/२/१३ को सिफारिसमा २०७८/२/१५ गते देखी लागु हुने गरी डिल्ली लंवा लिम्बु समेत ४३० (चार सये तिस) जना कैदीहरुको भुक्तानी हुन बाँकी कैद कट्टा गरी माफि मिनाहा भएको जानाइएको छ ।

No Comments yet!

Your Email address will not be published.