Skip to main content

साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक हालसम्मै उच्च, १६ अर्ब ९० करोडको शेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीवार शेयर बजारमा रू. १६ अर्ब ९० करोड ७० लाख २० हजार बराबरको शेयर कारोबार भएको छ ।नेप्से परिसूचक उच्च अंकले बढेर बजारमा नयाँ रेकर्ड कायम भएको हो ।


बिहीवार नेप्से परिसूचक हालसम्मकै उच्च २ हजार ८५६ दशमलव ७७ विन्दुमा पुगेको छ । यस अघि गत आइतवार कायम गरेको २ हजार ८२७ दशमलव ९३ को रेकर्डलाई पनि बिहीवार नेप्से परिसूचकले ब्रेक गरेको हो । यो दिन परिसूचक अघिल्लो कारोबार दिनभन्दा २९ दशमलव ५५ अंक अर्थात् १ दशमलव शून्य ५ प्रतिशतले बढेको हो ।

No Comments yet!

Your Email address will not be published.