प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ ।नयाँ मन्त्रीहरुको शपथ साँझ ६ः३० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने तय भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर पक्षीय नेताहरुलाई समेटेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।जसपाबाट आठ मन्त्री र दुई राज्यमन्त्रीगरी दश जनाले आज शपथ लिने तयारी भएको छ ।
जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्नेछन् ।महतोलाई उपप्रधानमन्त्रीसहित शहरी विकास, शरतसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अनिलकुमार झा खानेपानी मन्त्रालय, लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था मन्त्रालय, विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्रालय दिने सहमति बनेको छ ।चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन्
No Comments yet!