काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले शनिबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को मूल्यमा २ रुपैयाँले वृद्धि गरेको छ ।मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ ।
पछिल्लो पटक जेठ २ गते मूल्य बृद्धि गरी पेट्रोलको मूल्य १२३ रुपैयाँ, डिजल र मट्टितेलको १०६ रुपैयाँ र हवाई इन्धनको ७८ रुपैयाँ कायम गरिएको थियो । स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ३३ पैसा, डिजलमा ३ रुपैयाँ ३३ पैसा र एलपी ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा घाटा रहेको निगमको भनाइ छ ।
Recent Posts
- २२ फाल्गुन २०७९, सोमबार
सुरक्षित होली खेलौ: रमाइलो र हानिरहित उत्सवको लागि सुझावहरू
नेपालको तराइ भेगमा होलिको बेला गाइने जोगिरा हराउदै
- २२ कार्तिक २०७९, मंगलवार
आज साँझ खग्रास चन्द्रग्रहण : नेपालबाट एक घण्टा २३ मिनेटसम्म देखिने
कलाकारहरुको प्रतिबद्धता हामी जिम्मेवार मतदाता
- २४ पुष २०७८, शनिबार
झापाकी समिक्षाको बिमान परिचारिका बन्ने चाहना
No Comments yet!