काठमाडौं, कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ देखि १९ सम्मका लागि तय भएको छ ।
शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधनको निर्णय गरेको छ । आगामी भदौ ६–१० का लागि निर्धारित महाधिवेशन भदौ १६–१९ मा गर्ने पदाधिकारी बैठकले निर्णय लिएको छ ।
नयाँ तालिकाअनुसार क्रियाशील सदस्यता छानविन समितिलाई सदस्यता छानविनका लागि २० असारसम्म समय दिइएको छ । सदस्यको सूची समितिले सभापति देउवालाई बुझाएपछि २४ असारमा सार्वजनिक गरिने भएको छ ।
यस्तै, ६ साउनदेखि तल्लो तहको अधिवेशन सुरु गरिने भएको छ ।
No Comments yet!