काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिनुभएको हो । सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति भण्डारीले आज देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।
प्रधानमन्त्रीको सिफारिसमा मन्त्री नियुक्त भएका बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसालले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति भवनमा प्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।
सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।
No Comments yet!