Skip to main content

काठमाडौं, सरकारले आज (सोमबार) देखि देशैभर जोन्सन एन्ड जोन्सन खोप लगाउने अभियान शुरु गर्दैछ । कोभ्याक्स सुविधा अन्तर्गत नेपालले अमेरिकाबाट अनुदान सहयोगमा प्राप्त गरेको जोन्सन खोप आजदेखि लगाइँदैछ । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० डोज जोन्सन खोप निःशुल्क प्रदान गरेको छ । यो खोप एक डोज मात्रै लगाउँदा … विस्तृतमा »

काठमाडौँ: सर्वोच्च अदालतको फैसलाले दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभा बैठक बस्नअघि आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।

बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्नेछ … विस्तृतमा »

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने तयारी भएको छ । सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न … विस्तृतमा »

काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले कांग्रेसलगायत पाँच दलले दर्ता गरेको रिट निवेदनउपर गरेको फैसलाको स्वागत गर्नुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत यो फैसलाले लिकबाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताउनुभएको छ ।

सभापति देउवाले लोकतन्त्र र लोकतान्त्रिक संविधान … विस्तृतमा »

काठमाडौं – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए … विस्तृतमा »

सञ्चिता घिमिरे/काठमाडौँ – काठमाडौँ उपत्यकामा पुनःमेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ । मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनःसुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ ।

सो आयोजनास्थलसम्म पुग्न सडक, पुललगायतका संरचनामा क्षति पुगेको छ भने निर्माणस्थलका … विस्तृतमा »

काठमाडौँ- सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनको मुद्दामा आजको सुनुवाइ शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता अग्नि खेरलले बहस शुरु गर्नुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा उहाँले बहस शुरु गर्नुभएको हो ।… विस्तृतमा »

नीरा गौतम (रासस)
रुपन्देही, कालिगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाले गति लिने भएको छ । बुटवलमा कार्यालय स्थापना भएसँगै अब आयोजनाले गति लिने भएको हो । कालीगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाइ पु¥याउने तथा १२६ मेगावाट विद्युत निकाल्ने यो परियोजनाको लक्ष्य छ । यो आयोजनाको कार्यालयको उपप्रधानमन्त्री विष्णुप्रसाद … विस्तृतमा »

काठमाडौं – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १७ गतेबाट हुने राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेपछि शुक्रबार बानेश्वरस्थित संसद भवन पुगेर आवश्यक तयारीका लागि संसद सचिवालयलाई निर्देशन दिनुभएको हो।

यसअघि शुक्रबार नै अध्यक्ष … विस्तृतमा »

काठमाडौँ- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ ।

“पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने भन्ने … विस्तृतमा »