शुक्रबार बाट लागु हुने गरी काठमाडौं उपत्यकामा निसेधाज्ञा थप कडाइ गरिएको छ । निसेधाज्ञामा खाध्यान पसल समेतखोल्न निसेध गरिएको छ । माछा मासु, दुध तथा तरकारी पसलहरु भने बिहान ९ बजे सम्म खोल्न दियिने छ ।
सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
उपत्यकाका तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको मङ्गलबारको बैठकले आजदेखि लागू हुनेगरी एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । यसपालि भने किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको छ । बिहान–बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक)मा समेत रोक लगाइएको छ ।
हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई शुक्रबारदेखि नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् । यसका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालय, महानगरीय प्रहरी र ट्राफिक प्रहरीबीच सहकार्य हुने छ । आफूखुसी सडकमा हिँड्डुल गर्ने, निषेधाज्ञाको पालना नगरी व्यवसाय सञ्चालन गर्ने र अनुमतिबिना सवारीसाधन चलाउनेलाई एक सयदेखि पाँच हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था अध्यादेशमा छ ।
No Comments yet!