Skip to main content

संसद विघटनविरुद्धका रिटको सुनुवाइ सुरु

१३ जेठ, काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ रिटमाथि सुनुवाइ सुरु भएको हो ।
विघटन बिरुद्ध परेका १९ वटा रिटमा बिहीबार सुनुवाइ हुन्छ
पहिलो नम्बरमा वीरभद्र जोशीसहितले हल्नु भएको निवेदन छ ।जोशीले बहस सुरु गर्नु भएको छ । प्रधानन्यायाधीशले निवेदन अध्ययन गर्दै हुनुहुन्छ ।
कोरोना भाइरसको कारण राणाले सबैलाई पालो पालो आएर बहस गर्न आग्रह गर्नु भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।

संसद विघटन असंवैधानिक भएको जिकिर गर्दै र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन ।

No Comments yet!

Your Email address will not be published.