कोरोना भाइरस महामारीका कारण गत वर्ष स्थगित भएको युरो २०२० फुटबल प्रतियोगिता शुक्रबार ११ जुन बाट सुरु हुँदैछ । नकआउट चरणका खेलहरू २६ जुनदेखि सुरु हुनेछन् । र, ११ जुनमा लन्डनको वेम्बली रङ्गशालामा फाइनल खेल हुनेछ ।
प्रतियोगिताको सुरुवाती खेलमा दर्शकदिर्घामा १६ हजार जना उपस्थित हुनेछन् ।
कुन–कुन टोली सहभागी छन् ?
प्रतियोगितामा २४ वटा टोली सहभागी छन् । उनीहरूलाई ६ वटा समूहमा बाँडिएको छ । प्रतियोगितामा कुल ५१ खेल हुनेछन् ।
समूह ए : टर्की, इटली, वेल्स, स्विजरल्यान्ड
समूह बी : डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रुस
समूह सी : नेदरल्यान्डस्, युक्रेन, अस्ट्रिया, उत्तरी मेसिडोनिया
समूह डी : इङ्ल्यान्ड, क्रोयसिया, स्कटल्यान्ड, चेक गणतन्त्र
समूह ई : स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया
समूह एफ : हङ्गेरी, पोर्चुगल, फ्रान्स, जर्मनी
No Comments yet!