Skip to main content

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र अनय ४ मन्त्रीले शपथ ग्रहण लिएका छन् । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपाली सहित ४ मन्त्रीहरुलाई एक समारोहबीच शनिबार राति पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

शपथ लिनेमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, मन्त्रीहरुमा कुमार खड्का, मधुमाया अधिकारी गुरुङ, हरिशरण आचार्य … विस्तृतमा »

काठमाडौं,  कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ देखि १९ सम्मका लागि तय भएको छ ।

शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधनको निर्णय गरेको छ । आगामी भदौ ६–१० का लागि निर्धारित महाधिवेशन भदौ १६–१९ मा गर्ने पदाधिकारी बैठकले निर्णय लिएको छ ।

नयाँ तालिकाअनुसार … विस्तृतमा »

काठमाडौँ- नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न वाग्मती प्रदेशसभाका एक सदस्यले दिएको धम्कीलाई अत्यन्त गम्भीररूपमा लिएको जनाएको छ ।

पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै प्रदेशसभाको शुक्रबारको बैठकमा कांगेसका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैँ पनि हत्याका … विस्तृतमा »

काठमाडौँ, बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिने सम्भावना छ । आगामी साता मनसुन सक्रिय भई देशका … विस्तृतमा »

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिनुभएको छ । उहाँले नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपालका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो … विस्तृतमा »

काठमाडौँ, सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा प्रमुख राजनीतिक दलका नेतासँग शुक्रबार छलफल गर्न लाग्नुभएको छ । सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण गर्नुभएको छ ।

सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गर्ने … विस्तृतमा »

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज नहुने भएको छ । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्थानुसार उहाँको अनुपस्थितिमा इजलास सञ्चालन हुदैन ।
सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रधानन्यायाधीश राणा बिसन्चोका कारण आज अदालतमा आउनुभएको छैन । त्यसैले संवैधानिक इजलासमा सुनुवाइ स्थगन … विस्तृतमा »

काठमाडौँ- प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिताको उल्लङ्घन गरी गलत ढङ्गबाट बनावटी समाचार बनाएर भ्रम छर्ने जुनसुकै मिडियाप्रति कडारूपमा प्रस्तुत हुने बताउनुभएको छ । सञ्चारग्रामस्थित काउन्सिलमा आज सपथग्रहण र पदबहाली गर्दै उहाँले राज्यका उच्च ओहोदामा भएका व्यक्तिलाई जथाभावी गालीगलौज गर्नेलाई पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभयो । … विस्तृतमा »

भक्तपुर,नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले चुरे संरक्षणका लागि सबै उत्तिकै सक्रिय हुनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङाँतापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तकको आज भर्चुअलरुपमा सार्वजनिक गर्दै उहाँले भन्नुभयो, “चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत हो, यसको संरक्षण गर्नु आवश्यक छ तर चुरे दोहनमा वर्तमान सरकार मात्रै नभई अघिल्ला … विस्तृतमा »

काठमाडौं- राजेन्द्र महतोले नेपाल एकल राज्य हुन नसक्ने विवादित अभिव्यक्ति दिएपछि माधव नेपाल समूहको अनेरास्ववियूले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला जलाएका छन ।

शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि महतोले नेपाल एकल राज्य हुन नसक्ने विवादित अभिव्यक्ति दिएका थिए। पदभार ग्रहण गर्दै महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि … विस्तृतमा »