Skip to main content

काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजल र मट्टीतेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १३० पुगेको छ । यस्तै … विस्तृतमा »

काठमाडौँ, सरकारले अफगानिस्तानबाट उद्धार भई कुवेत पुगेका थप नेपाली नागरिक आज राति अर्को चार्टर विमानबाट काठमाडौँ आइपुग्ने जानकारी दिएको छ ।

मित्र राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा आज ११८ जना नेपाली काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल आइपुगेकालाई आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा सामाखुशीस्थित सरकारले व्यवस्थापन … विस्तृतमा »

काबुल, अफगानिस्तान, अफगानिस्तानमाथि कब्जा जमाएपछि तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले पहिलोपटक सार्वजनिक भएका छन् । मुजाहिद तालिबानको संस्कृति परिषद्का प्रमुख पनि हुन् ।

उनलाई पहिलोपटक पहिलोपटक विश्वले उनलाई देखेको हो किनभने अहिलेसम्म उनको तस्बिर मिडियामा सार्वजनिक भएको थिएन । उनले आज पत्रकार सम्मेलनको आयोजना गर्दै भने, ‘हामी कसैसँग बदलाको भावना राख्ने … विस्तृतमा »

काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लामिक गणतन्त्र पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले पाकिस्तानी राष्ट्रपति डा आरिफ आल्भी तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी इमरान खानलाई आज बेग्लाबेग्लै सन्देश पठाएर स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्नुभएको हो ।

सन्देशमा राष्ट्रपति भण्डारी र … विस्तृतमा »

काठमाडौँ,नेकपा(माओवादी केन्द्र) ले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव गरेको छ । आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा, प्रतिगमनविरुद्धको लडार्इं, एवं मुलुकको समस्या समाधानका लागि पनि गठबन्धनको निरन्तरता अत्यावश्यक रहेकामा जोड दिनुभएको छ ।

अध्यक्ष दाहालले पेश गर्नुभएको प्रतिवेदनमा … विस्तृतमा »

काठमाडौँ, सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई करिब करिब अन्तिम रुप दिएको छ । थप गर्नुपर्ने केही विषय बाँकी रहे मङ्गलबार पनि छलफल गरेर पूर्ण बनाउने तयारी छ ।… विस्तृतमा »

काठमाडौँ, गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट महाकाली नदीपार गर्ने क्रममा जयसिंह धामी नदीमा खसेका भन्ने घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्नेे बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा उहाँले उक्त घटनाको स्थलगत अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिका पदाधिकारी घटनास्थलतर्फ … विस्तृतमा »

काठमाडौँ, नेपालमा गएको २४ घन्टामा तीन हजार १२५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १३ हजार ८११ जनामा परीक्षण गर्दा तीन हजार १२५ जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै गत २४ घण्टामा एक हजार ९२५ जना यो सङ्क्रमणबाट मुक्त भएका छन् … विस्तृतमा »

काठमाडौँ, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गर्नुभएको छ । उहाँले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्नुभएको हो । उहाँले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्नुभएको छ । मैदानभित्र … विस्तृतमा »

काठमाडौँ, साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ ।

वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर … विस्तृतमा »