Skip to main content

काठमाडौँ, सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ । निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादको टुङ्गो लगाउन आज पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको छ । आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ७ गते … विस्तृतमा »

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् ।

मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर मेलम्ची बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्धको व्यवस्था गर्न माग गरेका हुन् … विस्तृतमा »

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मोहम्मद अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।

अल्मुताइरीले फेसबुकमार्फत नेपाली फुटबल समर्थकलाई सम्बोधन गर्दै आफू अखिल नेपाल फुटबल संघ (एन्फा) मा जान लागेको र राजीनामा दिने बताएका छन् ।… विस्तृतमा »

नारायण ढुङ्गाना ,रासस

काठमाडौँ, बाढी र पहिराले गत वर्ष थिल्थिलो बनाएको सिन्धुपाल्चोक जिल्ला यसपाली पनि मनसुनको शुरुआतमै नराम्ररी क्षति बेहोर्न पुग्यो ।

जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस भयो । हेलम्बु गाउँपालिका– १ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो खसेर मेलम्ची नदी थुनिएर फुटेपछि ठूलो दुर्घटना … विस्तृतमा »

वाग्मती- वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा कूल रु एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४.१५ पैसा बराबरको सिमेन्ट बिक्री गरेको जनाएको छ । सो आवमा कूल १८ लाख ५३ हजार ७६४ बोरा सिमेन्ट बिक्रीबाट सो … विस्तृतमा »

अशोक घिमिरे-
काठमाडौँ – मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता ।

मिति २०७८ असार ३१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त भेटवार्ता ।

मिति २०७८ साउन १ गते जनता समाजवादी पार्टी नेपालका … विस्तृतमा »

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुग्नुभएको छ ।

प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुग्नुभएको हो । अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै हुनुहुन्थ्यो, सोही … विस्तृतमा »

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप ‘जोन्सन एण्ड जोन्सन’ अभियानको निरीक्षण एवं अनुगमन गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन भएका काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी निरीक्षण … विस्तृतमा »

काठमाडौं, सरकारले आज (सोमबार) देखि देशैभर जोन्सन एन्ड जोन्सन खोप लगाउने अभियान शुरु गर्दैछ । कोभ्याक्स सुविधा अन्तर्गत नेपालले अमेरिकाबाट अनुदान सहयोगमा प्राप्त गरेको जोन्सन खोप आजदेखि लगाइँदैछ । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० डोज जोन्सन खोप निःशुल्क प्रदान गरेको छ । यो खोप एक डोज मात्रै लगाउँदा … विस्तृतमा »

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो ।

आज भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिनुभएको थियो … विस्तृतमा »